समाचारशुक्रबार, जेठ १५, २०७२

‘राष्ट्रिय सरकारबारे एमाले र एमाअाेवादीले भनेजस्ताे छलफल भएकाे छैन’

हिमालखबर

लोकतन्त्र दिवसका अवसरमा ११ बैशाखमा शान्तिवाटिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कानूनमन्त्री नरहरि आचार्य । तस्वीर: मिनरत्न बज्राचार्य

कानूनमन्त्री नरहरी अाचार्यले नेकपा एमाले र एमाअाेवादीले भनेजस्ताे राष्ट्रिय सहमतिकाे सरकारबारे छलफल नभएकाे बताएका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहमतिकाे सरकारबारे कुनै छलफल नभएकाे बताए । उनले भने, “अहिलेकै सरकारलाई सहमतिको सरकार बनाएर राहत र पुनःस्थापनामा जुट्नुपर्छ ।”

उनले महाभूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि सरकारले केही समयमा नै काम थाल्ने बताए । उनले राहत वितरणमा कुनै समस्या नदेखिएको जिकिर गरे ।

मन्त्री आचार्यले भने, “भूकम्प प्रभावित क्षेत्रका बारेमा संसद्मा उठेका कुरालाई सरकारले सम्बोधन गर्नेछ र भूकम्पका कारण घरबास गुमाएकालाई असार महिनाभित्र अस्थायी बसोबासको व्यवस्था गर्नेछ ।”

उनले अहिले वितरण गरिँदै आएको तत्कालीन राहतका लागि मात्र भएकाले दीर्घकालीन राहत वितरण गर्न बाँकी नै रहेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>