समाचारशुक्रबार, जेठ १५, २०७२

देउवाले भने, ‘कोइरालालाई नपत्याउनेले मलाई के मान्लान्’

हिमालखबर

-माधव देवकोटा, सिन्धुली

Sher_Bahadur_Deubaनेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।

प्रेस युनियन सिन्धुलीले गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले भने, ‘‘सुशील कोइरालाको ठाउँमा कांग्रेसकै अर्काे नेतालाई प्रधानमन्त्री स्वीकार्ने अवस्था हुँदैन, भएपनि म प्रधानमन्त्रीको दौडमा छैन ।’’

उनले अहिले राष्ट्रिय सरकार गठन गर्ने उपयुक्त मौका भएको बताए । उनले भने, ‘‘देशमा आइपरेको विपत्ति ठूलो कुरा हो, संविधान निर्माण प्रक्रिया केही महीना सर्दैमा फरक पर्दैन ।’’

देउवाले अवको राष्ट्रिय सरकारको नेतृत्वका लागि कसलाई कांग्रेसले समर्थन गर्ने भन्ने विषयमा आफू राजधानी आएर बोल्ने बताए ।

३० वैशाखमा राष्ट्रिय संकल्प पारित गरेको व्यवस्थापिका संसद्को विषेश अधिवेशनमा पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकारबारे प्रस्ताव गरेपछि छलफल अघि बढेको छ ।

एमाओवादीका नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने सार्वजनिक प्रस्ताव गरेपछि १४ जेठमा एमाले शीर्ष नेताहरुको छलफल समेत भइसकेको छ ।

एमालेले दिएको जिम्मेवारी अनुसार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल यतिबेला राष्ट्रिय सरकारबारे कांग्रेस, एमाओवादी, मधेशी केन्द्रीत लगायत दलका शीर्ष नेताहरुसँग अनौपचारिक छलफल गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>