समाचारशुक्रबार, जेठ १५, २०७२
विदेशी सैनिक फिर्ता
महाभूकम्पपछि उद्धार कार्यमा सघाउन आएका विदेशी सैनिकमध्ये अधिकांश आ–आफ्ना देश फिर्ता भएका छन् ।
नेपाली सेनाका अनुसार अब भारतका ९६, क्यानाडाका ७४ र अमेरिकाका १४ गरी १८४ सैनिक मात्र नेपालमा छन् ।
१५ जेठमा मात्र १२६ जना भारतीय सैनिक फिर्ता भए । भारतबाट मात्र १ हजार ४१५ जना सैनिक आएका थिए भने विभिन्न ३४ मूलुकबाट कुल ४ हजारजति सैनिक नेपाललाई उद्धारकार्यमा सघाउन आएका थिए ।
सैनिक प्रवक्ता सहायकरथी जगदीश पोखरेलले उद्धारकार्यमा सहयोग गर्न भारतका ५ वटा एमआइ–१७ र अमेरिकाका ३ वटा युएचवान हेलिकप्टर भने नेपालमै रहेको हिमालखबरलाई बताए । “बाँकी सैनिक पनि फर्कने क्रममा छन्” सैनिक प्रवक्ता पोखरेलले भने ।
