समाचारशनिबार, जेठ १६, २०७२

स्वयमसेवा अभियानकाे प्रचार गर्न छुट्टै समिति गठन

हिमालखबर

umlमहाभूकम्प प्रभावित क्षेत्रमा श्रमदानका लागि नेकपा एमालेद्वारा सञ्चालित राष्ट्रिय स्वयम्सेवक परिचालन अभियानअन्तर्गत पार्टी केन्द्रीय प्रचार विभागले ११ सदस्यीय अभियान प्रचार समिति गठन गरेको छ ।

समितिमा विभागका प्रमुख योगेश भट्टराई, उपप्रमुख सूर्य थापा तथा सदस्यमा राजेन्द्र अर्याल, प्रमोद दाहाल, गगन विष्ट, विष्णु रिजाल, गणेश बस्नेत, माधव नेपाल, श्रीप्रसाद आचार्य र सुवास खतिवडा रहनुभएको विभागका उपप्रमुख थापाले बताए ।

देशका २५ जिल्लाका ७२ निर्वाचन क्षेत्रमा एमालेको अभियान चलिरहेको छ । याे क्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभियानका संयोजक गोकर्ण विष्टले काठमाडौँ– ४ चुन्नीखेलमा भइरहेको निर्माण÷पुनःनिर्माण कार्यको अनुगमन गरे ।

पोलिटब्युरो सदस्य थममाया थापाको नेतृत्वमा अखिल नेपाल महिला सङ्घका स्वयम्सेवक तथा केन्द्रीय सदस्य डा राजन भट्टराईको संयोजनमा भूगोलका स्वयम्सेवक सम्मिलित उक्त क्षेत्रमा व्यापक सक्रियता र उत्साहका साथ धराप भत्काउने, उद्धार गर्ने र अस्थायी घर बनाउने काम भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>