समाचारआइतबार, जेठ १७, २०७२

प्रधानमन्त्री कोइराला पनि फुटबल खेल्ने

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाले अागामी २३ जेठमा काठमाडौँमा हुने राजनीतिक दलका नेता र चलचित्र क्षेत्रका कलाकारबीच हुने मैत्रीपूर्ण फुटबल खेल्ने भएका छन् ।

‘नयाँ पत्रिका’ दैनिकको आयोजनामा भूकम्पपीडित नेपालीका लागि राहत सङ्कलन गर्ने उद्देश्यले खेलको आयोजना हुन लागेको हो । “आयोजकहरुले मलाई आमन्त्रित गर्नुभएको छ , अरू नेतालाई पनि गर्नुभएको छ”, प्रधानमन्त्री कोइरालाले भने, “म अवश्य पनि आउँछु ।”

उक्त अवसरमा प्रधानमन्त्री कोइरालाले भने, “मुलुकमा यस्तो विपद् आइपरेको छ, हजारौँ नागरिकले जीवन गुमाउनुपर्‍यो, लाखौँ घरबारविहीन भएर दुःखमा बस्नु परेको छ, उहाँहरुलाई सघाउन तपाईँहरुले चाल्नुभएको कदममा मेरो समर्थन र साथ रहनेछ ।”

उनले यसरी सङ्कलित रकम सरकारी निकायको समन्वयमा पीडितसमक्ष पुर्‍याउन पनि आग्रह गरे। “कुन ठाउँमा राहत रकम र सामग्री पर्याप्त पुगेको छ र कहाँ कम पुगेको छ भन्ने जानकारी प्रमुख जिल्ला अधिकारीलाई हुन्छ”, प्रधानमन्त्रीले भने, “उहाँहरुसँग समन्वय गर्दा नपुगेको र कम पुगेको स्थानमा पुर्‍याउन सजिलो हुन्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>