समाचारआइतबार, जेठ १७, २०७२
भूमिका खोज्दै सेना
नेपाली सेनाले विनासकारी भूकम्पपछि सुरु गर्न लागिएको पुननिर्माणसम्बन्धी अभियानमा आफ्नो भूमिका खोजेको छ ।
खोज, उद्दार, राहत तथा भग्नावशेष व्यवस्थापन कार्यमा क्रियाशील रहँदै आएको सेनाले राष्ट्रिय अभियानका रुपमा अघि बढाउन लागिएको मुलुकको पुननिर्माण कार्यमा समेत प्रभावकारी भूमिकाका अपेक्षा राखेको हो ।
सरकारले असार मसान्तसम्म खटिनेगरी राहत ,उद्दार र अस्थायी आवास निर्माणलगायतका जिम्मेवारीसहित नेपाली सेनालाई भूकम्पप्रभावित क्षेत्रमा परिचालन गरिसकेको छ ।
सैनिक प्रवक्ता सहायकरी जगदीशचन्द्र पोखरेलले सरकारले आवश्यक ठानेमा पुननिर्माण अभियान तथा आमजनतालाई अनुभूति हुने गरी विकास निर्माणका काम सञ्चालन गर्न सेना तत्पर रहेको बताए ।
पुननिर्माण अभियानमा आफ्नो भूमिका रहने/नरहने भन्नेमा सेनाले असार १० का लागि डाकिएको दाता सम्मेलन र प्रधानमन्त्री संयोजक रहेको पुननिर्मांण सुझाव समितिको निष्कर्षपछि यसबारे औपचारिक धारणा तय गर्ने सेनाका अर्का अधिकारीले जानकारी दिए ।
काराेबार दैनिक दैनिकबाट
