समाचारआइतबार, जेठ १७, २०७२
दलहरुबीच राष्ट्रिय सरकार गठन गर्ने सहमतिः भट्टराई
एमाओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले दलहरुबीच राष्ट्रिय सरकार गठनमा केन्द्रीत हुने सहमति जुटेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत राष्ट्र पुननिर्माण/नवनिर्माणका लागि सम्पूर्ण शक्ति राष्ट्रिय सरकार गठन गर्नमा केन्द्रीत हुने सहमति दलहरुबीच जुटेको बताएका हुन् ।
१७ जेठ विहान प्रमुख चार दलबीच भएको बैठकमा दलहरुबीच सहमति कायम गरी प्रकृयाबाट संविधान जारी गर्ने र राष्ट्रिय सरकार गठन गर्ने सहमति जुटेको भट्टराईले उल्लेख गरेका छन् ।
