समाचारसोमबार, जेठ १८, २०७२

पदकाे लाेभ गर्ने बेला हाेइनः अाेली

हिमालखबर

1नेकपा एमालेका अध्यक्ष केपी ओलीले सबै दलको सहमतिमा संविधान बनाएर र विपत् व्यवस्थापन गर्न राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव गरिएको बताएका छन् ।

पार्टी कार्यालयमा आयोजित पत्रकारसम्मेलनमा उनले एमालेको ध्यान सरकारमा नभई, शान्ति, लोकतन्त्र, सामाजिक एकता र समृद्धितर्फ केन्द्रित रहेकाे बताए । उनले भने, “त्यसका लागि आवश्यक पर्ने सबै काम गर्न नेकपा एमाले तयार छ ।”

अध्यक्ष ओलीले भने, “अहिले प्रधानमन्त्री बन्न वा पद छाड्न लोभ गर्नु हुँदैन, राष्ट्रिय एकता र नवनिर्माणका लागि सबै तयार हुनुपर्छ ।”

उनले अभियानलाई राष्ट्र निर्माणको आकाङ्क्षासँग जोडेर लैजानुपर्नेमा जोड दिँदै परोपकारको भावनाले काम गर्नुपर्ने समयमा केही तत्वले विपत्तिलाई कमाउने मौकाका रुपमा प्रयोग गरेकामा आपत्ति जनाए। “त्यस्ता अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्छ”, उनले भने ।

जनता जटिल परिस्थितिमा रहेका बेला दोष ढाकछोप र राहत सामग्री दुरुपयोग गर्र्नु असह्य भएको बताउँदै उनले नुवाकोटका जनताले त्यसको जवाफ दिइसकेका उल्लेख गर्दै भने “स्वार्थी र जनविरोधी सोच र प्रवृत्ति त्यागेर सेवा भावका साथ काम गर्नबाट चुक्नु हुँदैन ।”

उनले देश/विदेशबाट सहयोग भइरहेको र सरकारको कोषको सदुपयोग हुँदैन भन्ने हल्ला चलाइएका बेला त्यस्ता अवगालबाट एमाले जोगिनुपर्ने बताए ।
अध्यक्ष ओलीले आफूसँगै रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमको राहत समाग्री र कोषको रकम दुरुपयोग भएका समाचार विवरणप्रति ध्यानाकर्षण गराए ।

अध्यक्ष ओलीले एमालेको अभियानमा खटिएका स्वयम्सेवकको प्रशंसा गर्दै अप्ठ्यारो परिस्थितिमा हाँसीखुसी काम गरेको, जनतालाई पीरमर्कामा नपारी निःस्वार्थ भावले काम गर्नुपर्ने आवश्यकता दोहोर्‍याए ।

उनले भने, “एमालेलेझैँ अरुले गर्न सक्दैनन् तर एउटै घर वा विद्यालय बनाउनेलाई पनि धन्यवाद छ । अरुले गरेका असल कामको पनि प्रशंसा गर्नुपर्छ ।”

एमालेले १० जेठदेखि भूकम्पप्रभावित २५ जिल्लाका ५५ निर्वाचन क्षेत्रमा १० हजार नेता कार्यकर्ता परिचालन गरी स्वयम्सेवा अभियान सञ्चालन गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>