समाचारमंगलबार, जेठ १९, २०७२
एक दुई दिनभित्रै सहमति हुन्छः अाेली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलहरुबीच नयाँ संविधानका विवादित विषयमा एक दुई दिनभित्रै सहमति जुट्ने बताएका छन् ।
उनले दलहरुवीचको सहमतिमा संविधान जारी गर्नुको विकल्प नभएको बताए । अाेलीले भने, “अबको अवस्थामा हामी सहमति जुटाएरै जानु पर्छ भन्ने पक्षमा लागेकाे छाैं, त्यस विषयमा छलफल जारी छ ।”
अहिलेसम्म विवादित विषयमा सहमति नजुटे पनि गहिराईमा गएर सहमति जुटाउने प्रयास भइरहेकाे बताए । उनले भने, “एक दुई दिन ढिला होला सहमति हुन्छ । सहमतिको विकल्प छैन ।”
