समाचारमंगलबार, जेठ १९, २०७२
सिन्धुपाल्चोकमा हेलिकोप्टर दुर्घटना
सिन्धुपाल्चोकमा माउन्टेन एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।
विद्युतको तारमा ठोक्किएर हेलिकोप्टर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । यमुना–८, स्थित जंगलबीच हेलिकोप्टर दुर्घटनाग्रस्त बनेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले बताए ।
उनका अनुसार घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेना पुगिसकेका छन् । तर, जलेको हेलिकोप्टरबाट सल्किएको आगोले जंगलमा डढेलो सुरु भएकाले प्रहरी र सेनाले केही गर्न सकेका छैनन् ।
प्रजिअ ज्ञवाली भन्छन्, ‘‘बढ्दै गएको आगो निभाउन पानी नभएपछि थप समस्या भएको छ ।’’ उनका अनुसार प्रहरी टोलीले तीन जनाको शव फेला पारेको छ ।
दुर्घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रजिअ ज्ञवालीले बताए ।

