समाचारबुधबार, जेठ २०, २०७२
एसएलसीकाे उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा, असार दाेस्राे साता नतिजा
२०७१ को प्रवेशिका परीक्षाको सम्परीक्षण गरिएका उत्तरपुस्तिका अधिकांश जिल्लाबाट परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरमा ल्याइएका छन् ।
भूकम्पका कारण परीक्षा प्रकाशनमा असर पर्ने चिन्ता देखिए पनि सात जिल्लाबाहेक सबै जिल्लाका उत्तरपुस्तिका आइसकेको र बाँकी जिल्लाको पनि चाँडै केन्द्रमा आउने परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले बताए ।
उनका अनुसार धनकुटा, ललितपुर, धनुषा, महोत्तरीलगायत जिल्लाकाे उत्तरपुस्तिका पनि चाँडै अाउनेछन् । उनले हाल नतिजा प्रकाशनका क्रममा सम्परीक्षण गरिएका उत्तरपुस्तिकालाई कम्युटरमा चढाउने कार्य भइरहेको र आगामी असारको दोस्रो साताभित्र नतिजा प्रकाशनको तयारी भएको उनले बताए ।
गत वर्ष ५ चैतदेखि भएको परीक्षामा कुल पाँच लाख ७४ हजार ६८५ विद्यार्थी सहभागी थिए ।
यसैबीच, भूकम्पप्रभावित जिल्लाका विद्यार्थीले आउँदो प्रवेशिका परीक्षा दिनका लागि तोकिएको भन्दा अन्यत्र जिल्लाका केन्द्रमा जान चाहेमा पीडितको पहिचानसहित स्थानीय निकाय र जिल्ला शिक्षा कार्यालयको सिफारिस आएमा त्यस्तो व्यवस्था गर्न सकिने नियन्त्रक द्वारेले बताए ।
