समाचारबुधबार, जेठ २०, २०७२
असारभित्रै सरकार परिवर्तनः श्रेष्ठ
नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले असारभित्रै संविधान जारी गरेर सरकार परिवर्तन हुने बताएका छन् ।
रिपोटर्स क्लबले आयोजना गरेको कार्यक्रममा श्रेष्ठले सानातिना मतभेद छोडेर नयाँ संविधानको अन्तर्वस्तुमा सहमति जुटाउन छलफल भइरहेको बताए ।
उनले भने, ‘‘एमाओवादीले प्रस्ताव गरेको ६ प्रदेशमा कांग्रेसले समर्थन गर्ने र नाम प्रदेश सभालाई राख्न दिने सहमति हुनसक्छ ।’’
ओलीको नेतृत्व
नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले राष्ट्रिय सरकारको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताए ।
उनले भने, ‘‘मुलुकमा विद्यमान समस्या समाधान हुन्छ भने एमाले नेतृत्व बाहेक पनि भूमिका खेल्न तयार छ ।’’ ज्ञवालीले यो सरकारले संविधान जारी गरेपछि सवैको सहभागिता रहेको राष्ट्रिय सरकार बन्ने बताए ।
