समाचारबुधबार, जेठ २०, २०७२
हेलिकोप्टर दुर्घटना छानविन गर्न आयोग
सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त माउन्टेन एयरको हेलिकोप्टरबारे छानविन गर्न आयोग गठन गरिएको छ ।
पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको अध्यक्षतामा आयोग बनेको हो । मन्त्रालयले जारी विज्ञप्ती अनुसार आयोगका अन्य सदस्यहरुमा श्री एयरलाइन्सका बरिष्ठ पाइलट प्रमोद लामा, मनाङ एयरका इन्जिनियर जनक थापा र मन्त्रालयका उपसचिव प्रमोद नेपाल रहेका छन् ।
गैरसैनिक हवाई नियमावली २०७१ को नियम १० अनुसार विमान दुर्घटनाबारे छानविन गरी तयार पारिने प्रतिवेदन ६० दिनभित्र बुझाउनुपर्नेछ ।
१९ जेठमा भएको हेलिकोप्टर दुर्घटनामा परिचालक सुवेक श्रेष्ठसहित चार जनाको मृत्यु भएको थियो ।
