समाचारबिहीबार, जेठ २१, २०७२
काठमाडौंको मध्यभागमा भएको आगलागी यसरी नियन्त्रणमा आयो (तस्वीरहरु)
काठमाडौंको मध्यभाग रत्नपार्कस्थित विद्युत प्राधिकरणको कार्यालयमा विहिवार दिउँसो आगलागी भएको छ ।
दिउँसो ३ः२० बजे कार्यालयको प्रशासन र गोदाममा आगलागी भएको थियो । कागजपत्र भएकाले आगलागी सुरु भएको केही समय लगत्तै ठूलो रुप लिदै गयो ।
बागबजारतिर जोडिएको कार्यालयको आगलागी फैलिदै गएपछि उपत्यकामा उपलब्ध दमकलहरु एकसाथ आगो नियन्त्रणमा प्रयोग गरियो ।
काठमाडौं, भक्तपुर र ललितपुर नगरपालिकाको दम्कलले एक घण्टाभित्र आगो नियन्त्रणमा लिएको थियो । प्रहरी टोलीको प्रयत्नमा आगलागी नियन्त्रणमा आएपछि ठूलो क्षतिबाट काठमाडौं बचेको छ ।
तस्वीरहरुः विक्रम राई












