समाचारबिहीबार, जेठ २१, २०७२

उद्धारमा सघाउन आएका भारतीय सैनिक फिर्ता

हिमालखबर

Indiaमहाभूकम्पपछि नेपाललाई उद्धार कार्यमा सघाउन आएका सबै भारतीय सैनिक २१ जेठमा फिर्ता भएका छन् ।

नेपाली सेनाको समन्वयमा उद्धार कार्यमा खटिएका सबै भारतीय सैनिक २१ जेठमा फिर्ता भएका हुन् । भारतबाट १ हजार ४१५ सैनिक नेपाल आएका थिए ।

भारतीय सैनिकसँगै भारतबाट उद्धार कार्यमा सहयोग गर्न ल्याइएका आठवटा एमआइ–१७ हेलिकप्टर र पाँचवटा एएलएच हेलिकप्टर समेत फिर्ता भएका छन् ।

प्रधानसेनापति गौरव शम्शेर जबराले भारतीय सेनाले खोज, उद्धार एवम् राहत कार्यमा गरेको सहयोगको प्रशंसा गरे ।

सेनाका प्राविधिक उपरथी पाईलट शतिस चन्द्र शाहले भारतीय सेनाका टास्कफोर्स हेडक्वार्टरका ब्रिगेडियर जनरल जे गम्लिन र एअर कमाण्डर एचके सुरेशलाई सैनिक हवाई महानिर्देशनालयमा आयोजित कार्यक्रममा विदाइ गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>