समाचारबिहीबार, जेठ २१, २०७२
दलहरुबीच छलफल जारी
नयाँ संविधानको अन्तर्वस्तुमा केन्द्रीत दलहरुको छलफललाई निरन्तरता दिइने भएको छ ।
२१ जेठ साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी मोर्चाका शीर्ष नेताहरुबीच संघीयता र निर्वाचन प्रणालीमा सहमति खोज्ने प्रयत्न भएको छ ।
असारमसान्तभित्र नयाँ संविधान जारी गर्दै पुनःस्थापना र राष्ट्रिय सरकार निर्माण गर्ने सहमतिपछि दलहरुबीच नयाँ संविधानको अन्तर्वस्तुमा छलफल केन्द्रीत छ । आजै कांग्रेस, एमाले, एमाओवादी र मधेशी मोर्चाबीच विभिन्न चरणमा छलफल भएको छ ।
नेपाली कांग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्काले दलहरुबीच ठोस् निर्णय नभएपनि सहमतिको प्रयत्न भइरहेको बताए । कांग्रेस र एमाले ६ प्रदेशको संघीयता, नामाकरण र सीमाकंन पछि गर्ने र एमाओवादी मोर्चा सीमाकंन गरेर जाने अडानमा रहेका छन् ।
