समाचारसोमबार, जेठ २५, २०७२

तिलोत्तमा गोल्डकपः उपाधीका लागि आर्मी र आयोजक भीड्दै

हिमालखबर

-दीपक ज्ञवाली, बुटवल

राजधानी बाहिर चर्चामा रहेको पुरानो प्रतियोगिता तिलोत्तमा गोल्डकपको फाइनल खेल आज हुदैछ ।

१८ औं श्रृङ्खलाको उपाधीका लागि विभागीय समूह त्रिभुवन आर्मी र आयोजक रुपन्देही–११ बीच प्रतिश्पर्धा हुँदैछ । दुवै समूहले अभ्यास राम्रो भएकाले उपाधी जित्ने दावी गरेका छन् ।

बुटवलस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा आर्मी शक्ति र सन्तुलनलाई मिलाएर मैदानमा उत्रने छ । झण्डै ३ महीनादेखि राष्ट्रिय लिगको तयारीमा बसेको र निरन्तर अभ्यास भएकाले उत्कृष्ठ प्रदर्शन गर्ने प्रशिक्षक मेघराज श्रेष्ठले बताए ।

‘‘तयारी र खेलाडीबीचको तालमेलले उपाधी जीत्ने पक्कापक्की जस्तै छ ’।’, उनले भने ‘‘ विभिन्न समूहबाट आएकाले रुपन्देही–११ का खेलाडी हाम्रो तुलनामा कमजोर हुने छन् ।’’

यता, घरेलु मैदानमा रुपन्देही–११ ले पनि उत्कृष्ठ प्रद्धर्शन गर्ने तयारी गरेको छ । छहारीमा मात्रै अभ्यास गराउदा पहिलो खेलमा आफ्ना खेलाडी कमजोर रुपमा प्रस्तुत भएकाले त्यसपछि नियमित घाममा अभ्यास गराइएको प्रशिक्षक प्रकाश मल्लले बताए ।

यसकै कारण सेमीफाइनलमा सशक्त समूह दार्जिलिङ–११ लाई सजिलै हराएको उनले दावी गरे । ‘‘आर्मी विरुद्ध पनि चर्को घाममा अभ्यास गरेका खेलाडीलाई ४/४ र ३ को फर्म बनाएर आर्मी विरुद्ध उत्रने रणनीति बनाएका छौं ।’’ उनले भने ।

विभागीय समूह त्रिभुवन आर्मीले पहिलो चरणमा धरान एफसी सुनसरीलाई ४–० र सेमिफाइनलामा झापा–११ लाई २–० ले हराएको थियो ।

यसैगरी, आयोजक रुपन्देहीले पहिलो चरणमा भ्याली स्पोटर्स पोखरालाई ट्राइ ब्रेकरमा ४–२ र सेमीफाइनलमा दार्जीलिङ–११ लाई ५–२ ले पछाडि पारेको थियो । आयोजक रुपन्देहीले तिलोत्तमा गोल्डकपमा २०३३ मा पहिलो २०३९ मा चौथो, २०४० मा पाँचौ र २०४१ मा छैटौं उपाधी जीतेको थियो ।

यसपछिका धेरै समय फाइनलमा पुग्ने अवसरबाट समेत आयोजक बञ्चित भयो । त्रिभुवन आर्मीले २०५४ मा १२ औं र २०६५ मा १६ औं तिलोत्तमा गोल्डकपको उपाधि चुमेको थियो ।
यसअघि, २०६७ सालमा भएको १७ औं तिलोत्तमा गोल्कपमा जावलाखेलसँग प्रतिश्प्रर्धामा उपविजेतामा चित्त बुझाएको थियो ।

प्रतियोगितामा भारतको एक र नेपालका ३ विभागीय समूहसहित ७ समूहको सहभागिता थियो । प्रतियोगितामा विजेताले नगद ३ लाख ७५ हजारसहित गोल्डकप प्राप्त गर्ने छ । उपविजेताले नगद २ लाख ५० हजारमा चित्त बुझाउने छ ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने समूहले नगद ७० हजार र ५ विधाका खेलाडीहरुलाई नगद १५/१५ हजार रुपैयाँबाट पुरस्कृत गरिने छ । एक हप्ता सञ्चालन हुने प्रतियोगितामा कुल ३५ लाख खर्च हुने आयोजकको अनुमान छ ।

प्रतियोगिताबाट संकलित रकम भूकम्प प्रभावित बालबालिकाको पठनपाठनमा खर्च गरिने रुपन्देही फुटबल संघले जनाएको छ । बुटवल उपमहानगरपालिका संरक्षक रहेको तिलोत्तमा गोल्डकप ५ वर्ष यता भएको थिएन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>