समाचारसोमबार, जेठ २५, २०७२
शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित
शोक प्रस्ताव पारित गर्दै आजको संविधानसभाको बैठक स्थगित भएको छ ।
झापाका पूर्वसांसद गोपालप्रसाद कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैठक स्थगित गरिने भएको हो । २०५६ को उपनिर्वाचनमा झापा–६, बाट निर्वाचित कोइरालाको २३ जेठ राति निधन भएको थियो ।
नयाँ संविधानको विवादित विषयमा सहमति जुटाउन प्रमुख दलहरुले आग्रह गरेपछि पटक–पटक स्थगित हुँदै आएको बैठक आज दिउँसो ३ बजे बोलाइएको थियाे । अर्काे बैठक २६ जेठ दिउँसाे ३ बजेका लागि बाेलाइएकाे छ ।
