समाचारसोमबार, जेठ २५, २०७२
शीर्ष नेताहरू बालुवाटार पुगे
नयाँ संविधानका अन्तर्वस्तुमा निर्णायक सहमति जुटाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु बालुवाटार पुगिसकेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरु बालुवाटार पुगेका छन् ।
आज विहान भएको सहमतिलाई अन्तिम रुप दिन दलहरु निर्णायक बैठकमा जुटेका हुन् । बैठक केही समयपछि शुरु हुँदैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दलहरुबीच ८ प्रदेशमा जाने, नामाकरण प्रदेशसभा र सीमाकंन आयोगलाई जिम्मा दिने, २७५ जनाको प्रतिनिधीसभामा ६० प्रतिशत प्रत्यक्ष निर्वाचनबाट चुनिने सहमति भएको थियो ।
