समाचारसोमबार, जेठ २५, २०७२
भूकम्प भनेर विद्यार्थीबाट शूल्क नलिने भन्ने हुँदैनः निजी विद्यालय
महाभूकम्पकाे अवधिमा विद्यालय नचलेपनि निजी विद्यालयले शूल्क भने लिने भएकाे छ ।
उक्त बिदा अवधिको शूल्क मिनाहा गर्न निजी विद्यालयले अस्वीकार गरेपछि कडा आन्दोलन गर्ने विद्यार्थी सङ्गठनको चेतावनी आएको सन्दर्भमा आज शिक्षा मन्त्रालयमा सरोकार पक्षसँग भएको वार्ता निष्कर्षविहीन भएको छ ।
प्रमुख विद्यार्थी सङ्गठन, निजी विद्यालय सञ्चालकका संस्था, अभिभावक सङ्घसहितसँग वार्ता गरिएको मन्त्रालयका प्रवक्ता हरि लम्सालले जानकारी दिए । अपराह्न २ बजेदेखि सुरु भएको वार्ता अहिले साँझ बिनानिष्कर्ष टुङ्गिएको हो ।
वार्तापछि नेविसंघ प्रवक्ता युपी लामिछानेले निजी तथा आवासीय विद्यालय एसोसिएसन(प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन)ले अवधिको ५० प्रतिशतसम्म रकम मिनाहा गर्न सक्ने बताए पनि आफूहरुले एक महिनाकै मिनाहा हुनुपर्ने अडान राखेको बताउँदै मङ्गलबारसम्म यसबारे मन्त्रालयले कुनै निर्णय नगरे अफूहरु आन्दोलनमा उत्रने चेतावनी दिए ।
एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले बिदा अवधिमा पनि शिक्षकको तलब र घरभाडा दिनुपर्ने भएकाले विद्यार्थीको शुल्क मिनाहा गर्न नसकिने बताए ।
