समाचारमंगलबार, जेठ २६, २०७२
कांग्रेस र एमाले संसदीय दलको बैठकमा
प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिबारे जानकारी गराउन नेपाली कांग्रेस र नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ ।
नयाँ बानेश्वरमा नेपाली कांग्रेसको नयाँ बानेश्वर र सिंहदरवारमा एमाले संसदीय दलको बैठक बसिरहेको छ ।
बैठकमा पहिचानका ५ र सामथ्र्यका ४ आधारमा ८ प्रदेशको संघीय बनाउने लगायत प्रधानमन्त्री निवास बालुवाटारमा भएको १६ बुँदे सहमतिरबारे सभासद्हरुलाई जानकारी गराइदै छ ।
याे बैठक लगत्तै सभासदहरु संविधानसभा बैठकमा जाँदैछन् । संविधानसभाकाे बैठक अहिले ३ बजे बाेलाइएकाे छ ।
