समाचारमंगलबार, जेठ २६, २०७२

मोर्चाका १३ दल संविधान निर्माण प्रक्रियामा सहभागी

हिमालखबर

एमाओवादी नेतृत्वको मोर्चामा आवद्ध १३ दल संविधानसभाको बैठकमा सहभागी हुने भएको छ ।

एमाओवादी संसदीय दलको कार्यालयमा आज बैठक बसेर यी दलहरुले संविधान निर्माण प्रक्रियामा सहभागी हुने निर्णय गरेको प्रवक्ता प्रेमबहादुर सिंहले बताए । उनले भने, ‘‘सहमतिमा संविधान जारी हुने भएपछि आजबाट संविधानसभाको बैठकमा सहभागी हुने निर्णय गरेका छौं ।’’

उनले सहमतिमा संविधान जारी गर्न दबाव दिन आन्दोलन गरेको र सहमतिमै संविधान आउने भएकाले आन्दोलनका कार्यक्रम बन्द गरेर संविधान निर्माण प्रक्रियामा सहभागी हुने निर्णय गरेको बताए । सिंहका अनुसार मधेशी केन्द्रीत केही दल बाहेक संविधानसभामा प्रतिनीधित्व गर्ने मोर्चाका १३ दलले संविधानसभामा सहभागी हुने निर्णय गरेको छ ।

उनले भने, ‘‘अशोक राई र महिन्द्र राय यादवको पार्टी पनि संविधानसभामा सहभागी हुनेछन्, तर उहाँहरु बैठकमा आइपुग्नु भएन । उहाँहरु पनि संविधानसभा बैठक अाउदा १५ दलकाे सहभागीता हुनेछ ।’’

प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलहरुबीच पहिचानका ५ आधार र सामथ्र्यका ४ आधारमा संविधान निर्माण गर्ने सहमति भएपछि मोर्चामा आवद्ध यी दलहरु संविधानसभामा सहभागी हुने भएका हुन् । खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष रामकुमार राईले बालुवाटारमा भएको १६ बुँदे सहमतिलाई स्वीकार गर्दै संविधानसभामा सहभागी हुने निर्णय भएको बताए ।

तर, मधेशी जनाधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टी भने संविधानसभा बैठकमा सहभागी नुहने भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>