समाचारमंगलबार, जेठ २६, २०७२
प्रतिवेदन तयार पार्न सम्वाद समितिलाई निर्देशन
संविधानसभा बैठकले नयाँ संविधानका अन्तर्वस्तुमा सहमति जुटाएर प्रतिवेदन पेश गर्न संवैधानिक–राजनीतकि सम्वाद तथा सहमति समितिलाई निर्देशन दिएको छ ।
सम्वाद समितिलाई २८ जेठमा बस्ने संविधानसभा बैठकमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो । एमाओवादी नेता बाबुराम भट्टराई सभापति रहेको समितिले अन्तर्वस्तुमा छलफलका लागि आजै साँझ ५ बजे बैठक बोलाएको छ ।
२५ जेठ साँझ प्रमुख दलहरुबीच जुटेको १६ बुँदे सहमतिको आधारमा संविधानसभाले निर्माणको काम अघि बढाएको छ ।
