समाचारमंगलबार, जेठ २६, २०७२
पुनरावेदनका २८ न्यायाधीश ६ महिनालाई नियुक्त (नामावली सहित)
न्यायापरिषद्ले २६ जेठमा पदावधि सकिन थालेका पुनरावेदन अदालतका अतिरिक्त न्यायाधीशहरूलाई ६ महिनाका लागि नियुक्त गर्ने निर्णय गरेको छ ।
२६ जेठ दिउँसो बसेको परिषद् बैठकले ‘२८ जना अतिरीक्त न्यायाधीशहरूको सेवालाई निरन्तरता दिने गरी ६ महिनाका लागि नियुक्त गर्ने’ निर्णय गरेको परिषद्का निमित्त सचिव कृष्ण गिरीले जानकारी दिए ।
आफूनिकट व्यक्तिलाई नियुक्त गर्नुपर्ने परिषद् सदस्यहरूको अडानका कारण नियुक्ति प्रक्रिया लम्बिदै आएकोमा पदावधि सकिन लागेकै दिन उनीहरूलाई नियुक्त गर्ने निर्णय भएको हो ।
विभिन्न सरकारी सेवाको करियर छाडेर न्यायाधीश हुन गएकाहरु पदावधि नथपिएमा उमेर छँदै कामविहीन हुने भन्दै केही न्यायाधीशहरूले परिषद् अध्यक्ष प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र सदस्य कानूनमन्त्री नरहरी आचार्यलाई भेटेर केही दिन अघिे म्याद थप गर्न आग्रह गरेका थिए ।
नियुक्त भएका २८ न्यायाधीशको नामावली
