समाचारशुक्रबार, जेठ २९, २०७२

खोेपीको देउताजस्तो होइन कार्यकारी राष्ट्रपतिः विजुक्छे

हिमालखबर

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नयाँ संविधानमा कार्यकारी राष्ट्रपति हुनुपर्ने बताएका छन् ।

उनले संसदबाट निर्वाचित राष्ट्रपति खोपीको देउताजस्तो हुने भएकाले कार्यकारी हुनुपर्ने बताए । उनले भने, ‘‘संसदबाट निर्वाचित हुने व्यवस्थाले अस्थीर राजनीतिको अन्त्य गर्दैन ।’’

बिजुक्छेले ठूला दलहरुले सत्ताको किचलो छोडे संविधान बन्ने बताए । दलहरुले संविधान निर्माण गर्ने नाममा सत्तामा भागबन्डा गर्न खोजेको आरोप लगाउँदै बिजुक्छेले भने, “संविधान निर्माणलाई सत्तासँग जोड्नु हुँदैन, सत्ता भागबन्डाकै लागि संविधान निर्माण गर्न खोजेको हो भने फेरि पनि संविधान निर्माण नहुन सक्छ ।”

अध्यक्ष बिजुक्छेले ठूला दलले चाहे एक महिनाभित्र स्थानीय निकायको निर्वाचन हुनसक्ने भन्दै सङ्घीयता ओझेलमा पर्ने डरले ठूला दलले स्थानीय निकायको निर्वाचन गर्न नचाहेको बताए । प्रदेश निर्माण गर्दा हिमाल, पहाड र तराई जोडेर निर्माण गर्नुपर्ने बताउँदै उनले अन्यथा प्राकृतिक स्रोतसाधनको दुरुपयोग हुने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>