समाचारशनिबार, जेठ ३०, २०७२
मध्य साउनसम्म संविधान आउँछः गच्छदार
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले समावेशी र समानतामा आधारित आठ प्रदेशको सङ्घीयतासहितको संविधान मुलुकले अविलम्ब पाउने बताएका छन् ।
३० जेठमा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले सकभर असार महिनामै नभए साउनको मध्यसम्ममा मुलुकले संविधान पाउने विश्वास व्यक्त गरे ।
उनले राष्ट्रिय सरकारको गठन भएपछि मुलुकमा भूकम्पका कारण उत्पन्न विपत्तिलाई समाधान गर्नका लागि राजनीतिक दल एक भएर लाग्ने बताए ।
राजनीतिक समस्यालाई समाधान नगरी राष्ट्रिय एकता सम्भव नरहेको उल्लेख गर्दै पूर्व उपप्रधानमन्त्री गच्छदारले सानातिना कुरामा नअल्झन असन्तुष्ट दललाई आग्रह गरेका छन् ।
