समाचारशनिबार, जेठ ३०, २०७२
संविधानपछि एमालेको नेतृत्वमा सरकारः नेता नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ संबिधान जारी भएपछि मात्रै सरकार परिवर्तन हुने बताएका छन् ।
असारभित्रै नयाँ संविधान निर्माण हुने र त्यस लगत्तै राष्ट्रपतिसहित सरकार परिवर्तन हुने नेपालले बताए । ३० जेठमा नवलपरासीको कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले संविधान जारी भएलगत्तै एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने दाबी गरे ।
“अब बांकी बुँदामा एकदुई दिनभित्र सहमति हुन्छ, असार मसान्त सम्ममा देशले संबिधान पाउँछ,” उनले भने, “संबिधान निर्माण पछि सरकार फेरिन्छ’ ।”
उनले १६ बुँदे सहमति प्रति असन्तुष्ट पक्षधरहरुको मतलाई पनि सम्मान गर्नु पर्नेमा जोड दिए । भने, “सहमतिलाई बलियो बनाउने हो नराम्रो सोच्ने बेला होइन् अब बन्ने संविधानमा संघीयताका विषयमा सबैको भावना समेटिन्छ ।”
विद्रोही गिरी, नवलपरासी
