समाचारसोमबार, जेठ ३२, २०७२

आफैले चलाएको गाडीले किच्दा सहचालकको मृत्यु

हिमालखबर

वीरगन्जमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार वीरगन्ज–पथलैया सडकखण्डमा चल्ने सवारी साधन सिटी साइडका एक जना सहचालकको ज्यान गएको हो । ना३ख १४४२ नम्बरको सिटी साइडका बाराको जीतपुर निवासी नितेशकुमारको बिहान घन्टाघरस्थित सिटी साइड पार्कमा मृत्यु भएको प्रहरीले बताएको छ ।

उक्त गाडीका सहचालक रहेका नितेश आफैले गाडी चलाएर ल्याउँने क्रममा गाडीबाट खसेर सोही गाडीले किच्दा उनको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सवारी चलाउन पोख्त नभएका उनी जबर्जस्ती गाडी चलाउँदा र एकैचोटी गाडी तीव्र गतिमा चलेका कारण दुर्घटना भएको स्थानीयको भनाइ छ । उनको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगन्जमा राखिएको छ । रासस

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>