समाचारमंगलबार, आषाढ १, २०७२
संघीय समाजवादीको केन्द्रीय कार्यालयबाट नै कार्य सम्पादन
तीन पार्टीबीचको एकीकरणबाट बनेको संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय महाराजगञ्जमा रहने भएको छ ।
यसअघि, संघीय समाजवादी पार्टी नेपालको पार्टी कार्यालयलाई नै एकीकरणपछि केन्द्रीय कार्यालय बनाइने भएको हो । उक्त पार्टी कार्यालयको उद्घाटन पार्टी अध्यक्ष उपेन्द्र यादवले २ असारमा गर्दैछन् ।
३२ जेठमा मधेशी जनाधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी नेपाल र खस राष्ट्रिय समावेशी पार्टीबीच एकता भएको थियो । यो पार्टी संविधानसभामा पाँचौ ठूलो दल बनेको छ ।
