समाचारबुधबार, आषाढ २, २०७२

यति एयरलाइन्सको विमानमा चरा ठोक्कियो

हिमालखबर

विराटनगरबाट काठमाडौँका लागि उडेको यति एयरलाइन्सको विमानमा चरा ठोक्किएपछि आपत्कालीन अवतरण गरिएको छ ।

उडान नम्बर ७९२ जहाज दिउँसो १ः२९ बजे धावनमार्गबाट उड्नासाथ विमानको इन्जिनमा चरा पसेपछि उडेको चार मिनेटमै पुनः विराटनगर विमानस्थलमै आपत्कालीन अवतरण गरिएको थियो ।

विमानमा सवार सबै २९ जना यात्रु सकुशल रहेको र उनीहरुलाई अर्को जहाजबाट काठमाडौँ ल्याइएको विराटनगरस्थित यति एयरलाइन्सका स्टेसन म्यानेजर प्रेम कुँवरले बताए ।
उनले जहाजको इन्जिनमा चरा पसेकाले केही खराबी देखिएको हुनाले प्राविधिक परीक्षण भइरहेको बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका कामु महाप्रबन्धक वीरेन्द्रप्रसाद श्रेष्ठका अनुसार यति एयरलाइन्सको विराटनगर काठमाडौँ उडानको जहाज उड्नासाथ इन्जिनमा खराबी देखिएपछि चालकले उडेको चार मिनेटमा विमान पुनः अवतरण गरेका थिए । उक्त घटनाको थप अनुसन्धान भइरहेको विमानस्थलले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>