समाचारबिहीबार, आषाढ ३, २०७२

विद्यालय जहाँ विद्यार्थी छैनन्

हिमालखबर

schoolविद्यालय खोल्नु, उँग्नु र लुखुरलुखुर घर फर्कनु! पाँचथर नगरपालिका–५ को सिद्धकाली र नांगिन गाविस–५ स्थित विद्याज्योति प्राविका शिक्षक र कर्मचारीको दैनिकी यसरी नै बितिरहेको छ।

चालू शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना नभएपछि शिक्षक र कर्मचारी तलब लिनकै लागि पनि विद्यालय खोल्न बाध्य छन्।

सिद्धकाली प्राविमा गत शैक्षिक सत्रमा १३ जना विद्यार्थी थिए। सदरमुकाम फिदिमदेखि सात किलोमीटर दूरीमा रहेको उक्त विद्यालय वरपर ३६ घरधुरी छन्। तर, त्यहाँका विद्यार्थी अन्यत्रै पढिरहेका छन्। “विद्यालय आयो, बाटो हेर्‍यो, उँग्यो र साँझ् घर फर्कियो, के गर्ने विद्यार्थी नै छैनन्”, प्रधानाध्यापक अम्बिका खनाल भन्छन्।

विद्याज्योति प्राविको कथा पनि उस्तै छ। गएको वर्ष आठ जना विद्यार्थी पढाएको यो विद्यालयले १३ जेठसम्म एकैजना विद्यार्थी पनि पाएको छैन। विद्यार्थी नै नभए पनि जागिर जोगाउनकै लागि विद्यालय खोल्नुपरेको प्रधानाध्यापक वेदनिधि रिमाल बताउँछन्।

शिक्षकको अनुपातमा विद्यार्थी न्यून देखिएपछि जिल्ला शिक्षा कार्यालयले दुवै विद्यालयलाई कक्षा ५ बाट ३ सम्ममा झार्ने र शिक्षक दरबन्दी पनि पाँचबाट तीन जनामा सीमित गर्ने निर्णय गरेको छ।

जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल राम्रो विद्यालयमा पढ्ने विद्यार्थीको चाहना र शिक्षकको पेशाप्रतिको लगावमा आएको कमीका कारण ती विद्यालय विद्यार्थीविहीन बनेको बताउँछन्।

उनी भन्छन्, “शून्य विद्यार्थीको कारण पत्ता लगाई विद्यालय गाभ्ने या शिक्षकलाई कारबाही गर्ने गरिरहेका छौं। जिशिअ नेपाल गत वर्ष न्यून विद्यार्थी भएका तीन वटा विद्यालय एउटै विद्यालयमा गाभेर यो कामको थालनी गरिसकेको बताउँछन्।।

लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>