समाचारबिहीबार, आषाढ ३, २०७२

धर्म निरपेक्ष संविधान बनेकै दिनदेखि आन्दोलनः कांग्रेस नेता खड्का

हिमालखबर

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले नयाँ संविधानमा धर्म निरपेक्ष लेखेकै दिनबाट आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।

सनातन हिन्दू राष्ट्र स्थापना महाअभियानका संयोजक रहेका खड्काले धर्म निरपेक्ष कांग्रेसको लागि दुर्भाग्य हुने बताए । उनले भने, ‘‘हिन्दू राष्ट्रको अजेण्डा छोड्नासाथ कांग्रेसको पतन हुने र देश कम्युनिष्टको हातमा पुग्छ ।’’

रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा खड्काले धर्म निरपेक्षताबारे जनमत संग्रहमा जानुपर्ने बताए । खड्काले भने, ‘‘सनातन हिन्दू राष्ट्र उल्लेख नगरे त्यस्तो संविधान मान्दैनौ, च्यातेर आन्दोलनमा जान्छौ ।’’

उनले धर्म निरपेक्षताको विषयमा पार्टीमा कतै छलफल नभएको भन्दै अकस्मात धर्म निरपेक्षता भन्ने शब्द आएको बताए । खड्काले नेपाल हिन्दू राष्ट्र नहुन्जेलसम्म अभियान जारी राख्ने भन्दै बहुलबाद संविधानको प्रस्तावनामै लेखिनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>