समाचारशुक्रबार, आषाढ ४, २०७२
भोटेकोशीमा बाढीको खतरा
भोटेकोशीमा बाढीको उच्च खतरा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १८५.२० मिलिलिटर पानी परेकाले भोटेकोशीमा बाढीको उच्च खतरा रहेको जनाएको छ ।
विभागको बाह्रबिसेमा राखिएको मापन केन्द्रका अनुसार पछिल्लो १२ घण्टामा पानीको बहाव उच्च बन्दै गएको छ । अहिले काठमाडौंलगायतका मध्य पहाडी क्षेत्रहरुमा लगातार मुसलधारे पानी परिरहेको छ ।
