समाचारआइतबार, आषाढ ६, २०७२

संविधान निर्माण गर्न सर्वाेच्चको आदेश बाधकः एमाओवादी

हिमालखबर

एमाओवादीले सर्वोच्च अदालतको आदेशले संविधान निर्माणमा बाधा पुगेको निष्कर्ष निकालेको छ ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवासमा बसेको पदाधिकारी बैठकले आदेशपछि संविधान लेखनमा देखिएको अन्योल हटाउन दलहरुसँगको सम्वादलाई निरन्तरता दिने भएको छ ।

प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिको सन्दर्भमा सर्वोच्चले दिएको फैसलाले अन्योलता थपेको मात्रै नभई बाधासमेत खडा गरेको एमाओवादीको ठहर छ ।

सर्वोच्चले राजनीतिक विषयमा बोलेको र त्यसले संविधान लेखनको कामलाई अवरोध उत्पन्न गर्न सक्नेतर्फ सचेत रहँदै अगाडि बढ्नुपर्नेमा जोड दिइएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए ।

प्रमुख चार राजनीतिक दलका तर्फबाट फैसला सच्याउनका लागि सर्वोच्चमा आवेदन गर्ने तयारी भइरहेका बेला एमाओवादीले यसबारे छलफल गरेको हो ।

बैठकमा भूकम्पपछिको पुनःनिर्माणका लागि गठन गरिन लागिएको उच्चस्तरीय प्राधिकरण, दाता सम्मेलनलगायतका विषयमा पार्टीका तर्फबाट राख्ने धारणाका विषयका कुराकानी भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>