समाचारआइतबार, आषाढ ६, २०७२

सभाध्यक्ष नेम्वाङले भने, ‘संविधान निर्माण प्रक्रिया एक सेकेण्ड पनि रोकिदैन’

हिमालखबर

subash nembang devaki (126)संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधान निर्माण प्रक्रिया एक सेकेण्ड पनि नरोकिने बताएका छन् ।

उनले अघि बढेको संविधान लेखन कार्य बीचमा आउने कुनै पनि अड्चनले रोक्न नसक्ने बताए । कानून विषय शैक्षिक पृष्ठभूमि रहेका सभाध्यक्ष नेम्वाङले, “अब संविधान लेखनका लागि सबै आधारहरु तयार भइसकेका छन् । दलहरुबीच सहमति जुटिसकेको छ । यस्तो अवस्थामा संविधान लेखन प्रक्रिया रोकिन्न ।’’

व्यवस्थापिका–संसद्, विकास समिति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा संयुक्त रुपमा पोखरामा आयोजित ‘विनाशकारी भूकम्पपछिको पर्यटन क्षेत्रको उत्थान विकास एवम् प्रवद्र्धनमा गरिनुपर्ने सुधार उपाय’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलका नेताहरुले गरेको सुझबुझपूर्ण सहमतिले संविधान लेखनको सुनिश्चिता गरेको बताए ।

लामो समयपछि सार्वजनिक कार्यक्रममा भाग लिन पोखरा पुगेका सभाध्यक्ष नेम्वाङले प्रशन्न मुद्रामा संविधानका केही विवादित विषयमा सहमति गरेर राजनीतिक दलहरुले जनतामा नयाँ आशा जगाइदिएको उल्लेख गरे ।

भूकम्पपछि राजनीतिक दलहरुबीच देखिएको अभूतपूर्व एकता र सहकार्यले मुलुकको पुनःनिर्माण तथा पुनःस्थापना र संविधान लेखनमा बल मिलेको सभामुख नेम्वाङको भनाई थियो ।

अर्थमन्त्री रामशरण महतले अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन प्रवद्र्धन गर्न नै यही असार १० गते ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्न लागिएको र यसमा अहिलेसम्म ४० देशका १११ जना विशिष्ट व्यक्तिले सहभागिता जनाउने निश्चित भइसकेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>