समाचारबिहीबार, कार्तिक २३, २०६९
सहमति जुटाएर बजेट ल्याउनुस्: राष्ट्रपति
२३ कार्तिक राति भएको भेटपछि सङ्क्षिप्त प्रतिक्रिया दिंदै प्रधानमन्त्री भट्टराईले बजेट प्रक्रियामा सहमति जुटाउने विषयमा कुराकानी भएको र राष्ट्रपतिले पनि दलहरूको सहमति जुटाएर मात्र बजेट ल्याउन आग्रह गरेको जानकारी दिए ।
राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटमा मुलुकको राजनीतिक निकास, मुलतः बजेट प्रक्रियाका बारेमा छलफल भएको र सहमति जुटाएर मात्र बजेट ल्याउन राष्ट्रपतिले आग्रह गरेको बताए ।
विपक्षी दलहरूको आग्रह लत्याउँदै सरकारले केही दिनभित्रै पूर्ण बजेट ल्याउने कसरत शुरु गरेपछि त्यसको विरोधमा उत्रिएका दलहरुले २३ कार्तिक साँझ राष्ट्रपतिलाई बजेट अस्वीकृत गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए ।
सहमतिका लागि सत्ता पक्ष र विपक्षी दलका शीर्ष नेताहरूबीच बारम्बार छलफल भए पनि त्यो सहमतिभन्दा असहमतितर्फ उन्मुख भएको छ ।
