समाचारआइतबार, आषाढ ६, २०७२
पूर्व राजकुमारीको जग्गा फिर्ता गर्न सर्वाेच्चको फैसला
पूर्व राजकुमारी प्रेरणाको नाम रहेको जग्गा फिर्ता गर्न सर्वाेच्च अदालतले फैसला सुनाएको छ ।
गणतन्त्र स्थापनापछि नेपाल ट्रष्टको नाममा सरकारले लिएको छाउनीस्थित १५ रोपनी जग्गा फिर्ता गर्न फैसला गरिएको छ ।
न्यायाधीश रामकुमारप्रसाद शाह र न्यायाधीश चोलेन्द्र समशेर जबराको संयुक्त इजलालले जग्गा फिर्ता गर्ने फैसला गरेको हो । पूर्वराजा *ज्ञानेन्द्रकी छोरी प्रेरणाले उक्त जग्गा दाइजो पाएकी थिइन् ।
प्रेरणाले जग्गा फिर्ता गराउन सरकार विरुद्ध रिट दायर गरेकी थिइन् ।
*सच्याइएकाे
