समाचारमंगलबार, आषाढ ८, २०७२

सर्वोच्चले निकास दिन्छः नेता नेपाल

हिमालखबर

mknएमाले वरिष्ठ नेता माधवकुमार नेपालले अहिले कसैप्रति आरोप प्रत्यारोप गर्नुभन्दा संविधान निर्माणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।

१६ बुँदे सहमति कार्यन्वयनमा रोक लगाउने सर्वोच्चको अन्तरिम आदेशप्रति लक्षित गर्दै नेता नेपालले न्यायधीशमाथि महाभियोग लगाउनेबारे एमालेभित्र कुनै छलफल नभएको प्रस्ट पारे ।

८ असारमा जनकपुर आइपुगेका उनले भने, “अहिले आरोपप्रत्यारोप गर्नुभन्दा पनि सबैदल संविधान निर्माणमा जुट्नु जरुरी छ ।” सर्वोच्च अदालतले दिएको फैसलापछि उत्पन्न परिस्थितिको निकास पनि सर्वोच्चबाटै पाइने उनले बताए । भने, “सरकार अहिले त्यसकै तयारीमा छ ।”

धनुषाको नाथपट्टी बिसरभोरामा वाचनालयको उद्घाटन गर्न जनकपुर आईपुगेका नेता नेपाल ८ असारमै काठमाडौं फर्किएका छन् ।

ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>