समाचारबुधबार, आषाढ ९, २०७२

विश्वकप छनोट खेल्न नेपाली टोली युरोप प्रस्थान

हिमालखबर

विश्वकप छनोट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली युरोप प्रस्थान गरेको छ ।

आगामी जुलाई ६ देखि २६ सम्म आयरल्यन्ड र स्कटल्यान्डमा आयोजना हुने आइसीसी वल्र्ड टी–२० छनोट प्रतियोगिता तथा जुलाइ २९ र ३१ मा स्कटल्याण्डमा नेपाल र स्कटल्यान्डबीच हुने लिग क्रिकेट लिगच्याम्पीयनसीपमा सहभागी हुने नेपाली टोली बेलायतको राजधानी लन्डन प्रस्थान गरेको हो ।

आयरल्यान्ड र स्कटल्यान्ड प्रस्थान गर्नुअघि नेपाली टोलीले अभ्यास खेल तथा प्रशिक्षणका लागि बेलायत र नेदरल्यान्ड भ्रमण गर्नेछ । नेपाली टोलीले नेदरल्यान्डमा घरेलु टोलीसँग चार टि–२० खेल खेल्नेछ भने लन्डनमा झण्डै एक साता त्यहाँकै टोलीसँग अभ्यास खेल खेल्नेछ ।

युरोप जाने टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, खेलाडीमा शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, अनिल मण्डल, सुवास खकुरेल तथा विनोद भण्डारी छन् । त्यसैगरी, प्रदीप ऐरी, सागर पुन, जितेन्द्रकुमार मुखिया, सोमपाल कामी, राजेश पुलामी मगर, करण केसी, सिद्धान्त लोहनी, अविनाश कर्ण छन् ।

नेपाली टोलीका प्रशिक्षक पुबुदु दसानायके, बलिङ तथा व्याटिङ प्रशिक्षकमा क्रमशः विनोदकुमार दास तथा भारतीय नागरिक मोन्टी देशाइ, फिजियो भारतकै ऐजाज असाइ तथा प्राविधिक विश्लेषकमा रमण सिवाकोटी पनि युरोप जानेछन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आयोजित कार्यक्रममा सिँचाइ मन्त्री एनपी साउदले बिदाइ गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>