समाचारबुधबार, आषाढ ९, २०७२

सम्मेलनमा सहभागी हुन विदेशी पाहुना आउने क्रम जारी

हिमालखबर

नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका  पाहुनाहरु हनुमानढोका क्षेत्रको अवलोकन  गर्दै । तस्वीर: रासस

नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका पाहुनाहरु हनुमानढोका क्षेत्रको अवलोकन गर्दै । तस्वीर: रासस

भोलि १० असारमा आयोजना हुने नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन विभिन्न देशका पाहुनाहरु आउने क्रम जारी छ ।

९ असार दिउँसो चीनका विदेशमन्त्री वाङ यी विशेष विमानबाट काठमाडौंमा आइपुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री वाङलाई नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताई, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास वैरागीलगायतले स्वागत गरे ।

त्यस्तै जापानका परराष्ट्र राज्यमन्त्री मिनोरु कियुची पनि उक्त सम्मेलनमा भाग लिन आइपुगेका छन् । उनलाई विमानस्थलमा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र परराष्ट्र मन्त्रालयका अधिकारीहरुले स्वागत गरे ।

एघार सदस्यीय जापानी प्रतिनिधिमण्डलमा जापानको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसहित सञ्चारकर्मी पनि सहभागी छन् ।

बङ्गलादेशी अर्थमन्त्री अबुल माल अब्दुल पनि आजै बिहान काठमाडौं आइपुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री अब्दुललाई नेपालका लागि बङ्गलादेशका राजदूत मासफी बिन्टे शाम्स तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज पनि आजै काठमाडौं आइपुग्ने कार्यक्रम छ । मन्त्री स्वराजले दिउँसो ट्वीट गरी नेपाल आउन लागेको बताएकी छन् ।

सम्मेलनमा सहभागी हुन विभिन्न ५३ राष्ट्र एवम् संस्थाका २२३ जना विदेशी पाहुना सम्मेलनमा आउने निश्चित भइसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>