समाचारबिहीबार, आषाढ १०, २०७२

भारतले पुन:निर्माणको लागि १ खर्ब सहयोग गर्ने, चीनले ७७ अर्ब

हिमालखबर

भूकम्पपछि भारतले नेपालको पुन:निर्माणको लागि १ खर्ब रुपैयाँ सहयोग गर्ने भएको छ।

राजधानीमा जारी ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ मा बोल्दै भारतीय विदेश मन्त्री सुस्मा स्वराजले भारतले सहयोग गर्ने रकम खुलाएकी हुन्। यसमध्ये ४० प्रतिशत अनुदान र बाँकी सहुलियतपूर्ण ऋण हुने उनले जानकारी दिइन् ।

भारतले पहिले नै दिने भनेको रु एक खर्ब सहयोग सहित आउने पाँच वर्ष भित्र भारतीय सहयोग दुई खर्ब पुग्ने भएको छ।

चीनले ७७ अर्ब रूपैयाँ सहयोग गर्ने

त्यस्तै चीनले करिब ७७ अर्ब रूपैयाँ सहयोग गर्ने भएको छ। दाता सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्री वाङलीले सहयोगको घोषणा गरेका हुन्।
उनले नेपालको पुनर्निर्माणका लागि सन् २०१५ देखि १८ सम्म प्याकेज बनाएर सहयोग गर्ने भन्दै यो वर्ष करिब ७७ अर्ब सहयोग गर्ने बताए ।

सम्मेलनमा बोल्दै जापानका विदेश राज्यमन्त्री मिनोरु कियुचीले जापानले नेपाललाई पुननिर्माणका लागि २६ अर्ब रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । जापानले बालबालिका शिक्षा, हाउजिङ र सामुदायिक पूर्वाधारमा पनि सहयोग गर्ने उनले बताए ।

कियुचीले संविधान निर्माणका लागि चार दलबीच भएको सहमितको पनि प्रशंसा गरे । उनले आवश्यक परे अर्को सम्मेलन पनि गर्न तयार रहेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>