समाचारबिहीबार, आषाढ १०, २०७२

दाता सम्मेलन: करिब साढे तीन खर्ब सहयोग घोषणा

हिमालखबर


भारतः रु.१ खर्ब
चीनः रु.७७ अर्ब
जापानः रु.२६ अर्ब
अमेरिकाः रु.१३ अर्ब
इयुः रु.११ अर्ब
नर्वेः रु.३ अर्ब
एडिबीः रु.६० अर्ब
विश्व ब्याङ्कः रु.५० अर्ब

भूकम्पपछि भारतले नेपालको पुननिर्माणको लागि १ खर्ब रुपैयाँ सहयोग गर्ने भएको छ। यसमध्ये ४० प्रतिशत अनुदान र बाँकी सहुलियतपूर्ण ऋण हुनेछ ।

राजधानीमा जारी ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ मा बोल्दै भारतीय विदेश मन्त्री सुस्मा स्वराजले भारतले रु १० हजार करोड सहयोग गर्ने बताइएकी हुन् । उक्त रकम भारतले ५ वर्षभित्र उपलब्ध गराउने छ ।

यसबाहेक भारतले दिने नियमित सहयोग पनि कायमै रहनेछ ।

चीनले करिब ७७ अर्ब रूपैयाँ सहयोग गर्ने

चीनले नेपाललाई नवनिर्माणमा सघाउन करिब रु ७७ अर्ब प्रदान गर्ने घोषणा गरेको छ ।

चीनका विदेशमन्त्री वाङ यीले चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताउँदै पूर्वाधार विकासका पाँच क्षेत्रमा केन्द्रित सहायता कार्यक्रम कार्यान्वयनका लागि करिब रु ७६ अर्ब प्रदान गरिने बताए ।

चीनले उपलब्ध गराउने यो रकम सबै अनुदान सहयोग हुनेछ ।

प्राकृतिक विपत्तिबाट प्रभावित भएको छिमेकीलाई पुनःनिर्माण, पुनःस्थापना र नयाँ निर्माणमा मद्दत गर्न थप रु एक अर्ब वित्तीय सहायता तत्कालै उपलब्ध गराइने उनले जानकारी दिए ।

चीनले घोषणा गरेको रकम सन् २०१८ सम्म उपलब्ध गराइसक्ने छ ।

सम्मेलनमा बोल्दै जापानका विदेश राज्यमन्त्री मिनोरु कियुचीले जापानले नेपाललाई पुननिर्माणका लागि २६ अर्ब रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । जापानले बालबालिका शिक्षा र सामुदायिक पूर्वाधारमा सहयोग गर्नेछ ।

कियुचीले संविधान निर्माणका लागि चार दलबीच भएको सहमितको पनि प्रशंसा गरे । उनले आवश्यक परे अर्को सम्मेलन गर्नका लागि जापान तयार रहेको बताए ।

एडिबीले ६० अर्ब

भूकम्पपछिको पुननिर्माणका लागि एशियाली विकास बैंक (एडिबी) ले नेपाललाई रु ६० अर्ब सहयोगको घोषणा गरेको छ ।

राजधानीमा जारी ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ मा बोल्दै एडिबीका अध्यक्ष ताकेहिको नाकाओले तत्कालका लागि २० अर्ब रूपैयाँ पुर्वाधार निर्माणमा सहुलियत पूर्ण ऋण र ५ अर्ब बजेटका लागि अनुदान गरी २५ अर्ब सहयोग उपलब्ध गराउने बताए । उनले थप सहयोग गरेर ६० अर्बसम्म पुर्यामउने वचन पनि दिएका छन् ।

त्यस्तै युरोपियन युनियन (इयू) ले ११ अर्ब ५० करोड सहयोग रुपैंया सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

सम्मेलनमा बोल्दै नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यू बोडेले अमेरिकाले रु १३ अर्ब सहयोग गर्ने बताए भने नर्बेका विदेशमन्त्री वर्ग ब्रेन्डेले रु‍ ३ अर्ब सहयोग गर्ने घोषणा गरेका छन् ।

दाता सम्मेलनमा विश्व बैंकले रु. ५० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>