समाचारबिहीबार, आषाढ १०, २०७२

सम्मेलनमा व्यक्त भावनाबाट उत्साहित भएको अर्थमन्त्रीको प्रतिक्रिया

हिमालखबर

अर्थमन्त्री रामशरण महतले पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रमा व्यक्त भएका भावनाले अझ सबल र सक्षम नेपाल निर्माणमा उत्साहित बनाएको बताएका छन् ।

सोल्टी होटलमा १० असार बिहानदेखि शुरु भएको सम्मेलनको उद्घाटनसत्रको समापनपछि पत्रकारलाई छोटो प्रतिक्रिया दिँदै मन्त्री महतले भने, “सम्मेलनमा प्रतिबिम्बित भावना सकारात्मक छ । यो भावनाले भूकम्पबाट क्षति भएको नेपालको पुनःनिर्माणका लागि थप उत्साहित बनाएको छ ।”

उनले पुनःनिर्माणका लागि दाता राष्ट्रबाट उपलब्ध हुने सहयोगलाई पारदर्शी र प्रभावकारी बनाउने पनि विश्वास दिलाए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>