समाचारबिहीबार, आषाढ १०, २०७२
राखेप सदस्य–सचिवमा केशव विष्ट नियुक्त
खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य–सचिवमा केशव विष्टलाई नियुक्त गरेको छ ।
राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले विष्टलाई ४ वर्षका लागि सदस्य–सचिवमा नियुक्त गरेका हुन् ।
एमाले निकट खेलकुद महासंघका उपाध्यक्ष समेत रहेका विष्ट नेपाल सेपाकटात्रो संघबाट सिफारिस भएका हुन् । विष्टसँगै मन्त्री पौडेलले नेपाल पौडी संघको सिफारिसमा राजेन्द्र श्रेष्ठ र अखिल नेपाल फुटबल संघको सिफारिसमा समिउल्लाहलाई राखेपको सदस्यमा नियुक्त गरेका छन् । ।
२८ जेठमा युवराज लामाको कार्यकाल सकिएपछि ३२ जेठमा निमित्त सदस्य सचिवमा शकुन्ता नगरकोटी नियुक्त भएकी थिइन् ।
