समाचारबिहीबार, आषाढ १०, २०७२

संविधान निर्माण कार्य कसैले रोक्न सक्दैनः ओली

हिमालखबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधान निर्माण कार्य कसैले रोक्न नसक्ने बताएका छन् ।

एमालेले सञ्चालन गरेको एक महीने स्वयम सेवक अभियान समापन कार्यक्रममा ओलीले भने, ‘‘अन्तरिम संविधानको पाना पल्टाइरहने हो भने संविधानसभाको निर्वाचन किन गरेको ?’’ ओली संविधान निर्माण कार्यले गति लिएकाले कसैले रोक्न नहुने बताए ।

२७ हजार बढी अस्थायी टहरा एमालेले निर्माण गरेको भन्दै ओलीले भने, ‘‘एमालेसँग प्रतिश्पर्धा गर्नै कुनै पार्टीको आँट छ ?’’ उनले अन्य पार्टीजस्तो कुरा गरेर मात्रै बस्ने पार्टी एमाले नभएको बताए ।

सवै छक्क परेः खनाल
एमालेका बरिष्ठ नेता झलनाथ खनालले एमालेले महाभूकम्पमा जनतालाई दिएको साथ देखेर अरु छक्क परेको बताए ।

खनालले भने, ‘‘एमाले दलहरुको पनि नेता पार्टी भएको यो अभियानबाट पुष्टि भएको छ ।’’ उनले जनतासँग घुलमिल हुँदै काम गर्ने कार्यकर्ताको प्रशंसा गरे ।

‘एमालेसँग प्रतिश्पर्धा गर्ने आँट छ ?’
अर्का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको काम एमालेले गर्ने पुष्टि स्वयम् सेवक अभियानले देखाएको बताए ।

उनले देश पुनःनिर्माणको मैदानमा एमालेले नेतृत्व गर्ने बताए । एमालेले यो एक महीनाको अवधिमा २५ हजार अस्थायी घर तथा ११ सय बढी विद्यालयको अस्थायी प्रबन्ध मिलाएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>