समाचारशुक्रबार, आषाढ ११, २०७२

नोबेल मेडिकल कलेजका बीस प्रशिक्षार्थी पक्राउ

हिमालखबर

मोरङको पथरीस्थित नोबेल मेडिकल कलेजमा एक सातादेखि आन्दोलन गरिरहेका २० प्रशिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार २० जना आन्दोलकारी विद्यार्थीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । एमबिबिएसका प्रशिक्षार्थी विद्यार्थीलाई न्यूनतम तलब र धरौटी फिर्तासमेत नदिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

विद्यार्थीले अस्पतालको इमर्जेन्सी सेवा, ओपिडी सेवा बन्द गर्न खोजेको र प्रहरीमाथि नै आइलागेको भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ढकालले बताए ।

तर विद्यार्थीले भने कलेजका सञ्चालकको पछि लागेर प्रहरीले पक्राउ गरेको आरोप लगाएका छन् ।

केही दिनदेखि आन्दोलनरत विद्यार्थीले माग सुनुवाइ नभएको भन्दै आजदेखि ओपिडी सेवा बन्द गर्न लागेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>