समाचारशुक्रबार, आषाढ ११, २०७२
वर्षाले नेपालगञ्ज डुबानमा

तस्वीर: केशव राना
हिंजो, १० असार साँझदेखि परेको अविरल वर्षाका कारण बाँकेको नेपालगञ्ज डुबानमा परेको छ ।
वर्षौंदेखि वर्षा याममा डुबानको समस्या झेल्दै आएको नेपालगञ्ज यसवर्ष पनि डुबानमा परेको हो ।
नेपालगञ्जको धम्बोजी, सेतुबिक चोक, गणेशपुर, बाँकेगाँउ, घरबारीटोल, त्रिबेणीमोड, फुल्टेक्रा लगायतका स्थान डुबानमा परेका हुन् ।
बाँकेका विभिन्न क्षेत्रमा पानी जमेकाले सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।
केशव राना, बाँके
