समाचारशुक्रबार, आषाढ ११, २०७२

प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध चार उजुरी

हिमालखबर

प्रधानन्यायाधीशका लागि सिफारिस हुनुभएका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश कल्याण श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा चार उजुरी परेका छन् ।

वरिष्ठतम न्यायाधीश श्रेष्ठले मुद्दाको किनारा लगाउँदा मुद्दाको गम्भीरतालाई विचार तथा नियमकानुनको ख्याल नै नगरी गत भदौ १६ मा बिनाप्रमाणको एक रिट निवेदन खारेज गरेको, २०६७ कात्तिक १६ को एक मुद्दामा संसद्का पूर्व र तत्कालीन पदाधिकारीको प्रभावमा परी बढुवा समितिको निर्णयलाई यथावत् राखेको उजुरी परेको समितिले जनाएको छ ।

सर्वोच्च अदालतकै न्यायाधीश रहेका बखत उनले आर्थिक चलखेल गरी गैरमधेसीलाई मधेस आरक्षण कोटाबाट जागिर दिलाएको, जातीय हिसाबले मुद्दा जिताउने र हराउने गरेको, अकुत सम्पत्ति आर्जन गरेको, छोराको विवाहमा बीसौँ लाख खर्च गरेको, पुनरावेदन अदालतको न्यायाधीश हुँदा लागुऔषध कारोबारका चिनियाँलाई छुटाएर लाखौँ रुपैयाँ घुस लिएको र एकै प्रकृतिका मुद्दामा फरक फरक फैसला गरेको आरोप लागेको संसद् सचिवालयका सहसचिव धु्रव घिमिरेले बताए ।

यही २३ असारमा प्रधानन्यायाधीश रामकुमारप्रसाद साहको कार्यकाल सकिन लागेकाले आउँदो आइतबार प्रधानन्यायाधीशमा सिफारिस गरिएका श्रेष्ठको संसदीय सुनुवाइ हुँदैछ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>