समाचारशनिबार, आषाढ १२, २०७२
अमेरिकी हेलिकप्टर दुर्घटना प्रकरणः छानविन टोलीले प्रतिवेदन बुझायो
२९ वैशाखमा सिन्धुपाल्चोकको घोर्थलीमा भएको अमेरिकी हेलिकप्टर दुर्घटना बारे छानविन गर्न गठित संयुक्त छानविन कार्यदलले पर्यटनमन्त्री कृपाशुर शेर्पालाई प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनमा दुर्घटना हुनुको सम्भावित कारण कालिञ्चोक पहाड शृङ्खलाको भौगोलिक बनोट र खराब मौसमका कारण अकस्मात् हेलिकप्टर बादलमा आइएमसी (इन्स्ट्रुमेन्ट मेट्रोलजिकल कन्डिसन) मा प्रवेश हुन पुगी समुन्द्री सतहदेखि लगभग ११ हजार २०० फिट अग्लो कालिञ्चोक पहाडको पश्चिमतर्फको कडा चट्टानी भू–भागमा ठोक्किएर दुर्घटना हुन पुगेको जनाएको छ ।
अमेरिकी हेलिकप्टर दुर्घटना: प्रश्नवाचक उडान
भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यका लागि आएको यु एच–१ वाइ हुए हेलिकप्टर दुर्घटना भएपछि त्यसको कारण पत्ता लगाउन गत ६ जेठमा नेपाली सेनाले सहायक रथी सुधीर श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नेपाली तथा संयुक्त राज्य अमेरिकाको विज्ञ टोली सम्मिलित संयुक्त छानबिन कार्यदल गठन गरेको थियो ।
कार्यदलले सम्बद्ध निकायलाई भविष्यमा यस्ता दुर्घटनाबाट बच्नका लागि केही सुरक्षाका उपायसमेत सिफारिस गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
