समाचारआइतबार, आषाढ १३, २०७२

लागूऔषधसहित महिला पक्राउ

हिमालखबर

corexबाँकेको जमुनहा छोटी भन्सार हुँदै भारतबाट लागू औषध भित्र्याउँदै गरेकी एक महिलालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

बाँके वनकट्वा ७ की पिंकी थारुलाई भन्सार सुरक्षामा खटिएको टोलीले ६५ बोत्तल कोरेक्स सहित पक्राउ गरेको हो ।

आलु र आँप सहितको बोराभित्र कोरेक्स लुकाई भारतबाट ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खोकीको औषधीका रुपमा भारतमा उत्पादन हुने कोरेक्स लागू औषधका रुपमा विशेष गरी किशोर किशोरीले अत्यधिक प्रयोग गर्न थाले पछि नेपालमा त्यसको उत्पादन र विक्री वितरण बन्द गरिएको छ ।

केशव राना/बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>